चैत ७, २०७७ शनिबार

तस्बिर -एजेन्सी

एजेन्सी : अमेरिकाका राष्ट्रपति जो बाइडेन जहाज चढ्ने क्रममा चिप्लिएर लडेका छन् । उनी एयरफोर्सको जहाज चढ्दै गर्दा लड्न पुगेका हुन् । तर उनी सकुशल रहेको ह्वाइटहाउसकी डेपुटी प्रेस सेक्रेटरी करिन हुवाँ पियरेले बताइन्। एटलान्टा जान जहाज चढ्ने क्रममा बाइडेन भर्‌याङमा चिप्लिएर लडेका हुन् । पहिलोपटक चिप्लिएर उठ्ने कोसिस गरेका उनी फेरि चिप्लिएर दोस्रो पटक पनि लडेका थिए।

उनलाई कुनै चोटपटक नलागेको प्रेस सेक्रेटरी करिनले जानकारी दिएकी छिन्। ७८ वर्षीय राष्ट्रपति बाइडेन शारीरिक रुपमा भने तन्दुरुस्त छन्।