चैत ४, २०७८ शुक्रबार

अमेरिकी सेनाको विमान शुक्रवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको छ । 

कूटनीतिक सामग्री लिएर सो विमान काठमाडौं आएको विमानस्थल स्रोतले जनाएको छ ।  विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरका अनुसार चार्टर अनुमति लिएर जहाज ‌आएको हो । 'यो नियमित प्रक्रिया हो, सामान लिएर चार्टरमा ‌आएको जहाज हो,' उनले भने, 'अन्य देशका पनि सामान लिएर चार्टरमा आइरहेका हुन्छन् ।'

सो विमान भने अहिले फर्किसकेको छ ।