काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा शुक्रबार अमेरिकी एयर फोर्सको एउटा कार्गो जहाज ल्याण्ड भएर फर्किएको छ। जहाज आएलगत्तै सामाजिक सञ्जालमा फोटो र भिडियो राखेर चर्चा गर्न सुरू भएको छ।
विमानस्थल स्रोतका अनुसार शुक्रबार काठमाडौं आएको कार्गो जहाजले अमेरिकी दूतावास र कूटनीतिक निकायका सामग्री ल्याएको छ।
विमानस्थलका अनुसार शुक्रबार बिहान सवा ९ बजे काठमाडौँ आएको जहाज पौने १२ बजे फर्किएको छ।