आईसीसी विश्वकप लिग टू क्रिकेटमा युएईविरुद्ध नेपालले पाँचौं सफलता हात पारेको छ । नेपाललाई पाँचौं सफलता कप्तान सन्दीप लामिछानेले दिलाएका हुन् । सुरुका ३ विकेट सोमपाल कामीले लिएका थिए भने चौथो विकेट करण केसीले हात पारेका थिए ।
चौथो विकेट १०।३ ओभरमा ३५ रन हुँदा गुमाएको थियो । त्यसपछि क्रिजमा चुन्डागोपिल रिजवान र रोहन मुस्तफाले यूएईको पारि अघि बढाएका थिए । यी दुईकाबीचमा ७७ रनको साझेदारी भएपछि यूएईले ११२ रन बनाएको थियो । ३३।३ ओभरमा कप्तान सन्दीपले रिजवानलाई विकेटकिपर आसिफ सेखको हातबाट क्याच आउट गराए । रिजवान ४० रन बनाएर आउट भएका हुन् ।