चैत ५, २०७८ शनिबार

विश्वभर दैनिक थपिने कोरोना संक्रमितको संख्यामा अझै कमि आएको छैन ।

पछिल्लो २४ घण्टामा मात्र १६ लाख ४० हजारभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् ।

थपिनेमा सबैभन्दा धेरै दक्षिण कोरोरीमा मात्रै ४ लाख ७ हजारमा संक्रमण पुष्टि भएको छ ।

जर्मनीमा २ लाख ८४ हजार थपिँदा फ्रान्समा ९७ हजार, बेलायतमा ९० हजार, नेदरल्याण्डमा ५४ हजार, ब्राजिलमा ४८ हजार, अमेरिकामा २९ हजारमा संक्रम‍ण पुष्ट्रि भएको छ।

यही अवधिमा निको हुनेको संख्या ११ लाख ९१ हजार ८७७ छ भने ४ हजार ९७६ जना संक्रमितको मृत्यु भएको छ ।