महेश सिंह/सिरहा/लहान/५ चैत- सिरहाको लहान नगरपालिका वडा नम्बर २० का अजब लाल महतोकी श्रीमती फुलोवती कोइरीनको २०७८ माघ ३ गतेका दिन आफ्नै निवासमा मृत्यु भएको थियोे। मृतक फुलोवती कोइरीन ८ वर्षदेखि उक्त संस्थाकी सदस्य थिइन् ।
मृतक कोइरीनले केन्द्र नम्बर १९ मा पहिलोपल्ट ३ लाख र दोश्रो पल्ट ३ लाख लगानी गरेका थिए।कोइरीनलाई मृत्यु पश्चात् समाजिक उत्तरदायित्वअन्तर्गत ग्रामीण बीमा क्षतिपूर्तिवापत जम्मा ७ लाख १५ हजार बीमाको क्षतिपूर्तिवापत सखा प्रबन्धक खड्काले सम्बन्धित वडाका अध्यक्ष गणेश चौधरी र केन्द्र नम्बर १९ का प्रमुख बिमलादेवी दासको रोहबरमा पीडित मृतकको श्रीमान् अजब लाल महतोलाई प्रदान गरिएको छ्।
लहान सखा अन्तर्गत १५८ वाटा केन्द्र रहेका छन् भने ३२ सय सदस्य रहेका छन्। निर्धनको हाल ३० करोड लगानी रहेको सखा प्रबन्धक पुर्ण बहादुर खडकाले बताए। उक्त संस्थाले २०५५ साल कार्तिक १२ गते स्थापना भई नेपालको अधिकान्स जिल्लाहरुमा स्थापना सेवा प्रदान गर्दै आएका सहायक ऋण अधिकृत मनोहर कुमार यादवले जनाए।
पीडितको घरमा रकम हस्तान्तरण गर्ने कार्यक्रममा राम दिनेश महतो, प्रभा चौधरी,उषा चौधरी लगायतका कर्मचारीको सहभागिता रहेको थियो।प्रबन्धक कडकाले सेवा ग्राहीहरुलाई सह रूपमा कर्जा लगानी गरी चुक्ता समेत गर्ने गरेको छ।सिरहामा निर्धन लघुबित संस्थाको निकै सकृय समुहहरु रहेको उनले देखिन्छ।
प्रमुख अतिथि चौधरीका अनुसार सोकको घडिलाई आर्थिक रुपले शक्तिको रूपमा परिनत गरीएको छ। संस्था प्रति अभार प्रकट गर्दै पीडित परिवारमा धैर्य धारणको शक्ति प्रदान होस् मृतक प्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।