चैत ६, २०७८ आइतबार

नेपाली बजारमा आज सुनचाँदीको भाउ घटेको छ। 

 आज सुन तोलाको ६ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  आज छापावाल सुन तोलाको ९९ हजार २ सयमा कारोबार भइरहेको  भने तेजावी सुन तोलाको ९८ हजार ७ सयमा कारोबार भएको महासंघले जनाएको छ।

त्यस्तै आज चाँदीको मुल्यमा पनि घटेको छ। आज चाँदी तोलामा १० रुपैयाँले घटेर तोलाको १३ सय ७५ मा कारोबार भइरहेको छ।