काठमाडौ : दोस्रो संस्करणको ईलाम आमन्त्रण खुल्ला पुरुष भलिबल प्रतियोगिताको फाईनल समिकरण पुरा भएको छ। उपाधिको लागि त्रिभुवन आर्मी क्लब र विमान ट्रेडर्स विर्तामोड खेल्ने भएका छन।
शनिबार भएको दोस्रो सेमिफाइनलमा भारतीय खेलाडी सम्मिलित विमान ट्रेडर्स विर्तामोडले नेपाल एपिएफ क्लबलाई पराजित गर्दै आर्मीसँगको भेट पक्का गरेको हो।
शनिबार ईलामको ठूलो टुडिखेलमा भएको दोस्रो सेमिफाइनलमा विमान ट्रेडर्सले एपिएफलाई ३-० को सोझो सेटमा पराजित गर्यो।
आइतबार भएको पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मीले नेपाल पुलिस क्लबलाई ३-१ को सेटमा पराजित गर्दै फाइनलमा पुगेको थियो।