चैत ७, २०७८ सोमबार

आइसिसी क्रिकेट विश्वकप लिग टू क्रिकेट अन्तर्गत जारी त्रि–कोणात्मक सिरिजको तेस्रो खेलमा युएईले नेपाललाई २ सय ३  रनको लक्ष्य दिएको छ।

टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रन बनाएको हो। 

युएईका रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे। मोहम्मद वासिमले ३३ र चिराग सुरीले २६ रन बनाए। 

नेपालका सन्दीप लामिछानेले ३, सोमपाल कामी र करण केसीले २र२, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान एकरएक विकेट लिए। अब केहीबेरमा नेपालले जवाफी ब्याटिङ थाल्नेछ। 

नेपालले खेलेका अघिल्ला दुई खेलमा एकमा जित र अर्को एक खेलमा हार भोगेको थियो। जारी प्रतियोगितामा युएईविरुद्धको पहिलो खेलमा नेपाल ४८ रनले पराजित भएको थियो।