चैत ८, २०७८ मंगलबार

आइसिसी विश्वकप लिग टू क्रिकेट अन्तर्गत जारी त्रि–कोणात्मक सिरिजको तेस्रो खेलमा नेपाल युएईसँग ९९ रनले पराजित भएको छ । 

युएईले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको नेपाल ब्याटिङ नचल्दा ३५ दशमलब १ ओभरमा १ सय ३ रनमा समेटियो। 

ज्ञानेन्द्र मल्लले सर्वाधिक ३० रन बनाए। आरिफ शेख र सोमपाल कामीले समान १५र१५ रन जोडे भने बिनोद भण्डारीले १२ रन बनाए। अरु खेलाडीले दोहोरो अंकको रन बनाउन सकेनन्। 

रोहित पौडेल ९, कुशल भुर्तेलले ५, करण केसीले ४, पवन सर्राफले २ रन बनाउँदा दीपेन्द्रसिंह ऐरी शून्य रनमा आउट भए। 

यसअघि टस हारेर पहिला ब्याटिङमा तानिएको घरेलु टोली युएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २ रन बनाएको थियो। युएईका रोहन मुस्तफाले सर्वाधिक ६० रनको योगदान गरे। मोहम्मद वासिमले ३३ र चिराग सुरीले २६ रन बनाए। 

नेपालका सन्दीप लामिछानेले ३, सोमपाल कामी र करण केसीले २/२, दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान एकरएक विकेट लिएका थिए।  पहिलो खेलमा पपुवा न्यूगिनीलाई पराजित गरेको नेपाल दोस्रो खेलमा युएईसँग पराजित भएको थियो।