चैत ८, २०७८ मंगलबार

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ ।

स्टकका अनुसार साना किसान लघुवित्त वित्तीय संस्था लिमिटेडको २५ प्रतिशत बोनस बापतको ३१ लाख २८ हजार ८ सय २७ दशमलव ४५५२ कित्ता सेयर सूचिकृत भएको हो ।

संस्थाको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.३१५७ प्रतिशत नगद गरी कुल २६.३१५७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।