फागुन ५, २०७७ बुधबार

एजेन्सी, 
फ्रान्सेली युवा स्टार किलीयन एम्बाप्पे मंगलबार भएको बार्सिलोनाबिरुद्धको खेलमा पीएसजीका लागि नायक सावित भए । एम्बाप्पेको ह्याट्रिकको मद्धतमा पीएसजीले बार्सिलोनालाई ४–१ को फराकिलो गोलअन्तरले पराजित गर्न सफल रह्यो ।
त्यसो त एम्बाप्पेको भविष्यबारे विभिन्न टिप्पणी पनि हुँदै आएको छ। स्पेनिश क्लब रियल मड्रिड लामो समयदेखि एम्बाप्पेलाई बेर्नाबेउ ल्याउनका लागि परेको अवस्थामा छ । मंगलबार आफ्नो कट्टर स्पेनिश प्रतिश्पर्धी बार्सिलोनालाई मात खुवाएपछि एम्बाप्पेलाई अनुबन्ध गर्ने भुत रियलमाथि झनै उग्र रुपमा सवार भएको देखिन्छ ।

यस्तैमा एम्बाप्पेले भने एक खेलबाट आफ्नो भविष्यको मुल्यांकन गर्न नमिल्ने बताएका छन् ।

‘पीएसजीको जर्सि मेरो लागी अमुल्य छ, यो मेरो मुटुमा छ र एक खेलबाट मेरो पुरै करियरको भविष्यवाणि गर्नु मुर्खताबाहेक केही हुने छैन’ एम्बाप्पेले भने ।

‘मैले भन्दै आएको छु म पीएसजीको हरेक खेलबाट खुसी छु र बार्सिलोनाबिरुद्धको खेलबाट पनि म खुसी छु, हामी यहाँ आएर जित्न चहान्थ्यौँ र अहिले हामीले चहाना पुरा गय्रौँ’ २२ वर्षिय एम्बाप्पेले भने ।