स्पेनिस टेनिस स्टार राफायल नाडाल चोटका कारण ४ देखि ६ साता कोर्ट बाहिर हुने भएका छन्। हिप इन्जुरीको कारण उनी करिब ४५ दिन मैदान बाहिर हुने भएका छन्।
इन्डियन वेल्स टेनिसको सेमिफाइनल खेल दौरान उनले चोट बोकेका थिए। चोटकै कारण नाडालले इन्डियन वेल्सको फाइनलमा हार भोग्न पुगेका थिए। ३५ वर्षीय नाडालले फाइनल दौरान श्वासप्रश्वासमा समस्या देखिएको बताएको थियो।
पटक-पटक चोटका कारणपनि कोर्टमा फर्किदै आएका नाडालले कीर्तिमानी २१ पटकको ग्रान्डस्लाम जित्दै सर्वाधिक ग्रान्डस्लाम जित्ने कीर्तिमान बनाएका छन्।