महेश सिंह/सिरहा/लहान/९ चैत - लहान नगरपालिका १५ बानाे खोलामा पुल निर्माणका लागि मधेस प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादवद्वारा शिलान्यास भएको छ । लहान १५ का वडा अध्यक्ष तेजनारायण चौधरीको अध्यक्षतामा कार्यक्रम सुरु भएको थियो ।
अतिथिहरूमा नेपाली काङ्ग्रेसका जिल्ला उप-सभापति सुनिल महताे, सिरहा क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति महेशप्रसाद चाैधरी, लहान नगर सभापति रासलाल राय, महासमिति सदस्य पुनम चौधरी,नेता अरुण केसीलगायतका नेताहरूको कार्यक्रममा उपस्थिति रहेको थियो।
उक्त खोलामा वर्षौँदेखि पुल नहुँदा स्थानीयलाई वर्षायाममा ओहोरदोहोर गर्न कठिनाइ हुने गरेको छ। पुल शिलान्यास हुँदा स्थानीयहरूले खुसी व्यक्त गरेका छन् ।