नेपाल धितोपत्र बोर्डले नेपाल फाइनान्स कम्पनी लिमिटेडलाई हकप्रद निष्काशनको अनुमति दिएको छ ।
बोर्डले मंगलबार कम्पनीलाई ७० प्रतिशत हकप्रद सेयर निष्कासन अनुमति दिएको हो । कम्पनीले १ः०.७० को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ७० प्रतिशतले हुन आउने ३४ करोड ५४ लाख ४७ हजार ४ सय २७ रूपैयाँ बराबरको ३४ लाख ५४ हजार ४ सय ७४ कित्ता हकप्रद सेयर निष्कासन गर्न कार्तिक १ गते सेबोनमा निवेदन पेश गरेको थियो ।
कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।
