चैत ९, २०७८ बुधबार

विश्व नम्बर एक महिला टेनिस खेलाडी असलेइघ बार्टीले सन्यासको घोषणा गरेकी छिन्। अस्ट्रेलियाकी २५ वर्षीया खेलाडीले व्यावसायिक टेनिस जीवनबाट बिदा हुने अप्रत्यासित निर्णय गरेकी हुन्।

अस्ट्रेलियन स्टार बार्टीले सामाजिक सञ्जालमार्फत सन्यासको घोषणा गरेकी हुन्। उनले कठिन र भावुक निर्णय लिनु परेको बताएकी छन्।

‘सबैलाई धन्यवाद दिन चाहन्छु। जसले मलाई यो यात्रामा सहयोग गर्नुभयो‚’ बार्टीले भनेकी छन्‚ ‘मेरो जीवनमा यो अविष्मरणीय समयका रूपमा सधैं रहिरहने छ।’

बार्टीले २०१९ मा पहिलो ग्रान्डस्लामका रुपमा फ्रेन्च ओपन जितेकी थिइन्। गत जनवरीमा उनी अस्ट्रेलियन ओपन जित्दै ४४ वर्षपछि यो उपलब्धि हासिल गर्ने अस्ट्रेलियन खेलाडी बनेकी थिइन्।