चैत ९, २०७८ बुधबार

 भारतको हैदराबादस्थित सिकन्दराबादको बोयागुडा नजिकै एक गोदाममा आगलागी हुँदा ११ जना मजदुरको मृत्यु भएको छ । उनीहरू सबै भारतका अलग–अलग राज्यका हुन् । 

स्थानीयवासीका अनुसार अवेर राति आगलागी हुँदा गोदाममा १२ जना मजदुर थिए । एक जना भने सुरक्षित रहन सफल भएका छन् । 

दुर्घटनाप्रति भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गहिरो दुस्ख व्यक्त गरेका छन् । साथै मोदीले ज्यान गुमेकाहरूका परिवारलाई सरकारका तर्फबाट जनही ६ लाख रुपैयाँ राहत  दिने घोषणा पनि गरेका छन् । 

आगलागीको कारण खुलेको छैन ।