काठमाडाैँ : मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन वर्षीय बालकसहित ६ जनाको मृत्यु भएको छ ।
शनिबार अपरान्ह चार बजेतिर नासों गाउँपालिका–३ खोत्रोबाट मर्स्याङ्दी नदीमा ट्रक खस्दा ६ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको उपचार भइरहेको छ। सिमेन्ट बोकेर लमजुङको बेँसीसहरबाट मनाङ सदरमुकाम चामेतर्फ जाँदै गरेको ध१ख ५९२ नम्बरको ट्रक मर्स्याङ्दी नदीमा खसेको हो।अत्यधिक भारका कारण उकालो चढ्न नसकी अनियन्त्रित भएर ट्रक मर्स्याङ्दी नदीमा खसेको प्रारम्भिक अनुसन्धानमा देखिएकाे बताएका छन् ।
मालबाहक भए पनि ट्रकमा चालक, सहचाकलसमेत गरी आठ जना यात्रु थिए ।