चैत १०, २०७८ बिहिबार

रूसले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा बुधबार मानवीय सहायता गर्नुपर्ने प्रस्ताव पेस गरेको समाचार संस्था एपीले जनाएको छ ।

रूसको प्रस्तावका पक्षमा चीनले मात्रै भोट हालेको छ ।

भारतसहित बाँकी १३ राष्ट्रले मतदान बहिष्कार गरेका थिए। १५ सदस्यीय सुरक्षा परिषद्बाट कुनै प्रस्ताव पारित हुन ९ राष्ट्रले पक्षमा मत हाल्नुपर्छ।

आफ्नो र चीनको मात्रै भोट पाएपछि सुरक्षा परिषद्को स्थायी सदस्य रहेको रूसको उक्त प्रस्ताव असफल भएको हो।