चैत १०, २०७८ बिहिबार

 अठार वर्ष मुनिको साफ च्याम्पियनसिपको आफ्नो अन्तिम खेलमा पनि नेपाल पराजित भएको छ। हारसँगै नेपाल प्रतियोगितामा जितविहीन बनेको छ।

भारतको जमसेदपुरमा भएको खेलमा नेपालले सुरुमा अग्रता लिएपनि जोगाउन नसक्दा  बंगलादेशसँगको खेल २–१ गोल अन्तरले गुमायो।  

खेलको चौथो मिनेटमा अमिशा कार्कीको गोलमार्फत नेपालले सुरूवाती अग्रता लिएको थियो। खेलको ६८औं मिनेटमा बंगलादेशका कप्तान साम सुनाहारले गोल गर्दै १–१ को बारबरीमा ल्याइन्। ८४औं मिनेटमा साहदा अख्तर रिपाले गोल गर्दै बंगादेशलाई २–१ को रोमाञ्चक जित दिलाइन्।

यसअघिको खेलमा पनि बंगलादेशसँग ४–२ ले पराजित भएको थियो। तीन टिम सहभागी च्याम्पियनसिपमा नेपाल सबै चार खेलमा पराजित हुँदै जितबिहिन बन्यो।