फागुन ५, २०७७ बुधबार


धनगढी
चटकपुर स्पोर्ट्स क्लव नेपालले धनगढीको फाप्ला क्रीकेट मैदानमा आजदेखी सुरु गरेको चटकपुर स्पोर्ट्स क्लव र अत्तरिया सिटि क्लवबीचको ३ एकदिवसीय सिरिजको पहिलो खेलमा अत्तरिया सिटि क्लवले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको हो।फलस्वरूप,अत्तरिया सिटि क्लवले निर्धारित ४० ओभरमा ८ विकेटको क्षतिमा २५४ रन बनाउन सफल भयो।ब्याटिङतर्फ अत्तरिया सिटि क्लवका लागि लक्की कडायतले ७९ बलमा सर्वाधिक ६९ रन बनाउदा डबल ऐरले ८२ बलमा ५७ रनको महत्त्वपूर्ण अर्धशतकिय पारी खेल्न सफल भए।त्यस्तै,दिपक रोकायाले १४ बलमा २६ रन,दिनेश ओडले २४ बलमा २१ रन,कैलाश भट्टराईले ०५ बलमा १३ रन तथा विशाल महराले २२ बलमा ११ रन बनाउन सफल भए।बलिङतर्फ चटकपुर स्पोर्ट्स क्लव नेपालका लागि गोविन्द बिष्टले ८ ओभरमा १ मेडेनसहित ३९ रन खर्चँदा जनक पाण्डेले ८ ओभरमा १ मेडेनसहित ५० रन खर्चंदै समान २/२ विकेट लिन सफल भए।
     २५५ रनको विशाल विजयी लक्ष्य पछ्याउँदै मैदान उत्रेको चटकपुर स्पोर्ट्स क्लव नेपालले निर्धारित ४० ओभरको खेलमा २३.५ ओभर खेल्दै सम्पुर्ण विकेटको क्षति मात्रै ९८ रन जोड्न सक्दा १५६ रनको लज्जास्पद पराजय बेहोर्नपुग्यो।ब्याटिङतर्फ चटकपुर स्पोर्ट्स क्लव नेपालका लागि खगेन्द्र जोशीले १८ बलमा सर्वाधिक २९ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो स्कोर गर्न सकेनन्।बलिङतर्फ अत्तरिया सिटि क्लवका लागि जित साउँदले ६ ओभरमा १ मेडेनसहित २० रन खर्चंदै सर्वाधिक ३ विकेट लिन सफल हुँदा गोविन्द खड्काले ३ ओभरमा ३ रन खर्चँदा दिपक रोकायाले ३ ओभरमा १ मेडेनसहित १२ रन खर्चंदै समान २/२ विकेट लिन सफल हुँदै आफ्नो टोलिलाई जित दिलाउन सफल भए।
      चटकपुर स्पोर्ट्स क्लव नेपाल बीचको ३ एकदिवसीय सिरिजको पहिलो खेल अत्तरिया सिटि क्लवले १५६ रनको ठूलो अन्तरले जित्न सफल हुँदै सिरिजमा १-० ले अगाडि रहन पनि सफल भएको छ।उक्त खेलको म्यान अफ दी म्याच अत्तरिया सिटि क्लवका लक्की कडायत घोषित हुन सफल भएका छन्।
    चटकपुर स्पोर्ट्स क्लव नेपाल र अत्तरिया सिटि क्लवबीचको ३ एकदिवसीय सिरिजको दोश्रो एकदिवसीय खेल धनगढीको फाप्ला क्रीकेट मैदानमा भोलि बिहान ०९:३० बजे सुरु हुने सिरिज व्यवस्थापक जोशी लोकेश ज्यूले जानकारी गराउनुभएको छ।