चैत ११, २०७८ शुक्रबार

युरोपियन च्याम्पियन  इटाली कतार विश्वकप फुटबलमा छनोट हुन असफल भएको छ।

युरोपको छनोट अन्तर्गत प्लेअफका लागि भएको खेलमा उत्तरी म्यासेडोनियासँग १ ० गोल अन्तरले पराजित भएपछि इटालीको विश्वकप यात्रा टुंगिएको हो।

उत्तरी म्यासेडोनियाको जितमा खेलको ९२औं मिनेटमा अलेक्जेन्डर ट्राजकोभस्कीले निर्णायक गोल गरेका थिए।

हारपछि इटालीको विश्वकप यात्रा टुंगिएको छ भने उत्तरी म्यासेडोनियाले भने अब प्लेअफको फाइनलमा पोर्चुगलको सामना गर्ने छ। पोर्चुगलले प्लेअफको सेमिफाइनलमा टर्कीलाई ३(१ ले पराजित गर्दै फाइनलमा पुगेको छ।

इटाली यसअघि २०१८ को विश्वकपमा समेत छनौट हुन असफल भएको थियो।  २०२० को युरोकप च्याम्पियन बनेको इटाली लगातार दोस्रो विश्वकपमा छनौट हुन असफल भएको छ ।