चैत ११, २०७८ शुक्रबार

महेश सिंह/सिरहा/लहान/११ चैत - वैदेशिक रोजगारमा कतार गएका त्रियुगा नगरपालिका वडा नम्बर ७ चिसापानी बस्ने चित्रबहादुर सिग्देलको काम गर्दै गर्दा हृर्दयघातका कारणले २०७८ माघ २६ गते मृत्यु भयो । सिग्देलको घरमा श्रीमती र एक छोरा र एक छोरी छन्।

वैदेशिक रोजगार म्यादी जीवन बीमाअन्तर्गत सिग्देलले विदेश जाने क्रममा सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बीमा गराएका थिए। उनी दोश्रो पल्ट विल्डिङ्ग श्रमिकको काममा कतार पुगेका थिए।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका लहान शाखाका प्रबन्धक उपेन्द्रनारायण महतोले मृतकका परिवारलाई १४ लाखको चेक दिएका छन् ।