चैत ११, २०७८ शुक्रबार

फिफा विश्वकपमा छनोट भइसकेको ब्राजिलले चिलीलाई ४(० गोल अन्तरले हराएको छ ।

दक्षिण अमेरिकी छनोट अन्तर्गत शुक्रबार बिहान भएको खेलमा ब्राजिलले फराकिलो जित निकालेको हो ।

ब्राजिलको जितमा नेयमार, भिनिएस जुनियर, फिलिपे कौटिन्हो र रिचार्लीसनले एक(एक गोल गरे ।

यो जितसँगै १६ खेलमा ४२ अंक जोडेको ब्राजिल शीर्ष स्थानमा रहेको छ । ली १९ अंक जोडेर सातौं स्थानमा छ ।