चैत ११, २०७८ शुक्रबार

 नेपाली बजारमा आज शुक्रबार सुनचाँदीकै भाउ बढेको छ । छापावाल सुन आज प्रतितोला ६ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो बिहीबार १ लाख ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि ६ सय रुपैयाँ नै बढेको छ । आज तेजाबी सुन १ लाख ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तेजाबी सुन ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ । आज चाँदी १४ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।