सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको साधारण सभा आज (चैत्र ११ गते, शुक्रबार) हुँदैछ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको चौथो वार्षिक साधारण सभा आज अलोफ्ट ठमेल काठमौडौमा दिउँसो ३ बजेबाट सुरु हुनेछ ।
सभामा धितोपत्र दर्ता गरी आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्ने सम्बन्धमा सभाबाट अख्तियारी प्राप्त गर्नेछ ।
सभाले गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । सभामा संस्थाले चालू आर्थिक वर्ष २०७७/०७८ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्ने लगायतको एजेण्डा छ ।