चैत १२, २०७८ शनिबार

नेपाली लेग स्पिनर तथा कप्तान सन्दीप लामिछानेले एकदिवसीय अन्तराष्ट्रिय किक्रेट खेलमा ५० विकेट पुरा गर्ने पहिलो नेपाली खेलाडी बनेका छन्।

पपुवा न्युगिनि विरुद्व टियू मैदान कीर्तिपुरमा जारी खेलमा सन्दीपले यो उपलब्धि हासिल गरेका हुन्। उनले १३ औं ओभरको पहिलो बलमा पिएनजीका चार्लीस अमिनीलाई ३५ रनमा आउट गर्दै छिटो ५० विकेट पुरा गर्ने विश्वका दोस्रो बलरका रुपमा आफुलाई उभ्याए।

 सन्दीपले २२ खेलमा ५० विकेट पुरा गरेका हुन्। यसअघि २००९ मा जिम्बाब्वेविरुद्व श्रीलंकाका अजान्था मेन्डिसको १९ खेलमा नै ५० विकेट हात पार्दै सर्वाधिक थौरै खेलमानै ५० विकेट लिदै सर्वाधिक छिटो ५० विकेट लिने खेलाडीको कीर्तिमान आफ्नो नाममा बनाएका थिए। नेपालका लागि सन्दीपले सन् २०१८ मा नेदरल्यान्ड्स विरूद्धको खेलबाट एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा डेब्यू गरेका थिए।

 सन्दीपले एकदिवसीय खेलमा दुई पटक ६ विकेट लिंदै सनसनिपुर्ण प्रदर्शन गरेका थिए। उनले अमेरिकाविरूद्ध र पपुवा न्युगिनीविरुद्ध ६(६ विकेट लिएका थिए। उनको एकदिवसीय खेलमा उत्कृष्ट इकोनोमिका रुपमा पिएनजी विरुद्वनै ११ रन दिँदै ६ विकेट लिनु हो।