काठमाडौँ । चीनले निर्माण गरेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलकाे साँचाे नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा चिनियाँ विदेशमन्त्री वाङ यीले विमानस्थलको साँचो नेपाललाई हस्तान्तरण गरेका हुन् । विमानस्थलकाे साँचाे नेपालका तर्फबाट परराष्ट्रमन्त्रीले नारायण खड्काले लिए ।
कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलगायत पदाधिकारी सहभागी रहेका थिए ।