आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले अन्तिम मतदाता नामावली सार्वजनिक गरेको छ । निर्वाचनका लागि कूल १ करोड ७७ लाख ३३ हजार ७ सय २३ मतदाता कायम भएको निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले बताए ।
आयोगले प्रकाशन गरेको अन्तिम मतदाता आंकडाअनुसार प्रदेश १ मा ३३ लाख ४७ हजार ३ सय ८४ मतदाता रहेका छन् । मधेश प्रदेशमा ३३ लाख ३१ हजार १ सय ७०, वागमती प्रदेशमा ३४ लाख १२ हजार ८ सय ६९ मतदाता रहेका छन् । यस्तै गण्डकी प्रदेशमा १७ लाख ८९ हजार ४ सय ११ मतदाता रहेका छन् । लुम्बिनी प्रदेशमा ३२ लाख १९ हजार ४ सय ५७ मतदाता रहेका छन् ।
कर्णाली प्रदेशमा १० लाख १ हजार २ सय ८२ र सुदूरपश्चिम प्रदेशमा १६ लाख ३२ हजार १ सय ५० मतदाता रहेका छन् । आयोगले १० हजार ७ सय ५६ मतदान स्थल र २१ हजार ९ सय ५५ मतदान केन्द्र निर्धारण गरेको छ । स्थानीय तह निर्वाचन २०७४ को तुलनामा १ सय १६ मतदानस्थल थप भएको हो । यस्तै अघिल्लो निर्वाचनमा भन्दा ३ हजार ३ सय ८३ मतदान केन्द्र थप भएको हो ।
हेर्नुहोस आयोगले प्रकाशन गरेको मतदाताबारे विस्तृत विवरण :
