चैत १४, २०७८ सोमबार

दार्चुला : अनुमतिविना नेपालतर्फ आएर महाकाली नदीमा तटबन्ध निर्माणमा प्रयोग गरिएको भारतीय स्काभेटरको चाबी सशस्त्र प्रहरीले खोसेको छ । 

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले नेपालसँग समन्वयविना भारतीय पक्षले दार्चुलातर्फ भारतीय स्काभेटर ल्याएकाले चाबी थुतेको बताए । उनले नेपालतर्फको बाटो प्रयोग गर्न लिखित रूपमा जानकारी लिनुपर्ने बताए। 

भारतले महाकाली नदीको बहाब नेपालतर्फ फर्काउने गरी तटबन्ध निर्माण गरेपछि लामो समयदेखि विवाद हुँदै आएको छ । 

एक साताअघि भारतीय पक्ष र नेपालको तर्फबाट प्रमुख जिल्ला अधिकारीबीच महाकालीमा तटबन्ध कसरी निर्माण गर्ने सम्बन्धमा कुरा भए पनि कार्यान्वयन हुन सकेको छैन।