नेपाली सेनाले लोकसेवा आयोगको सहमतिमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।
सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको हो।
सेनाले लेखा उपसेनानीमा खुला तथा समावेशीतर्फ गरेर ४० जनाको माग भएको छ। त्यस्तै, प्राड उपसेनानी र पाइलट उपसेनानी चार९चार जना माग गरिएको छ।
पुरुषका हकमा १८ वर्ष पूरा भई २९ वर्ष ननाघेका र महिलाको हकमा ३० वर्ष ननाघेका उम्मेदवारले १३ वैशाखसम्म दरखास्त दिन सक्नेछन्। विज्ञापनको पूर्ण विवरण आजको गोरखापत्रमा प्रकाशित छ।