चैत १४, २०७८ सोमबार

सुनको भाउ सोमबार चार सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँ कायम भएको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख नौ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ ।


चाँदीको भाउ २० रुपैयाँले घटेको छ । आइतबार एक हजार चार सय रुपैयाँमा कारोबार भएको चाँदी सोमबार एक हजार तीन सय ८० रुपैयाँ निर्धारण भएको छ ।