चैत १४, २०७८ सोमबार

दाङको तुलसीपुरमा झण्डै १५/१६ वर्षपछि राजा वीरेन्द्रको शालिक पुन: स्थापना गरिएको छ ।

तत्कालीन विद्रोही शक्ति माओवादीले २०६२/०६३ को आन्दोलनको समयमा तुलसीपुरको वीरेन्द्र चोकमा रहेको राजा वीरेन्द्रको शालिक तोडफोड गरेका थिए।

तुलसीपुर उपमहानगरपालिका वडा नं. ५ को आह्वानमा मेटिएको इतिहासलाई बचाउने प्रयास गरिएको वडा अध्यक्ष वीरेन्द्र शाहले जानकारी दिए।

यसमा सरकारको कुनै पनि लगानी छैन। झण्डै ३ लाख बराबरको लगानीमा मूर्ति स्थापना भएको हो ।