चैत १५, २०७८ मंगलबार

स् त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा आज मलेसिया र पपुवा न्युगिनी (पीएनजी) बीच प्रतिस्पर्धा हुँदैछ।

त्रिवि क्रिकेट मैदान क्रिकेट मैदानमा यी दुईबीचको खेल दिउँसो साढे १२ बजे सुरु हुनेछ।

मलेसियाको पहिलो खेल हो भने पीएनजीको यो दोस्रो खेल हो। सिरिजको पहिलो खेलमा पीएनजी नेपालसँग १५ रनले पराजित भएको थियो। 

सिरिजमा नेपाल, मलेसिया र पीएनजीले प्रतिस्पर्धा गरिरहेका छन्।