फागुन ६, २०७७ बिहिबार

धादिङपोष्ट डटकम र कारु स्मृती प्रतिष्ठानको आयोजनामा फागुन ७ देखि १० गतेसम्म आयोजना हुने धादिङ जिल्ला स्तरीय क्रीकेट प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ।शनिबार आयोजकले पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको हो।

प्रतियोगितामा जिल्लाभरिका कुल १० टिमको सहभागिता रहनेछ।प्रतियोगितामा बैरेनी, नौबिसे, साङकोष, सल्यानटार, विशाल ज्योति, गणेश हिमाल, गजुरी, निलकण्ठ, मलेखु र कारु मेमोरियल ट्रस्ट (बेनिघाट) टीमको सहभागिता हुने बताइएको छ।

प्रतियोगिताको उद्घाटन खेलमा बैरेनी क्रीकेट टिम र नौबिसे क्रीकेट टिम बिहान १० बजे खेल्नेछन।त्यस्तै दोस्रो खेलमा साङकोष क्रीकेट क्ल्ब र त्रिपुरासुन्दरी क्रीकेट टिम दिउँसो १:३० बजे भिड्नेछन।

त्यस्तै ८ गते तीन खेल हुनेछन।शनिबारको पहिलो खेलमा विशाल ज्योती क्लब र गणेश हिमाल क्रीकेट टिम बिहान ७ बजे भिड्नेछन।त्यस्तै दोस्रो खेलमा बिहान १०:३० बजे गजुरी क्रीकेट टिम र निलकण्ठ क्रीकेट टिम तथा तेस्रो खेल्स्मा दिउँसो २ बजे मलेखु क्रीकेट क्लब र कारु मेमोरियल ट्रष्ट खेल्नेछन।