नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) विभिन्न २ वटा बैंक र एउटा लघुवित्तको बोनस सेयर सूचिकृत भएको छ ।
स्टकका अनुसार नबिल बैंक लिमिटेडको ३३.६० प्रतिशत बोनस बापतको ४ करोड ६५ लाख १७ हजार ३ सय ५५ दशमलव ८९ कित्ता सेयर सूचिकृत भएको हो ।

यस्तै, एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडको १२ प्रतिशत बोनस बापतको ९ लाख ७३ हजार ३ सय ४५ दशमलव ४६९७ कित्ता सेयर सूचिकृत भएको हो ।

त्यसैगरी, स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको ३२.३० प्रतिशत बोनस बापतको २ लाख ९७ हजार ३ सय २१ दशमलव ५० कित्ता सेयर सूचिकृत भएको हो ।
