नेपाली बजारमा आज मंगलबार सुनचाँदीकै भाउ घटेको छ । छापावाल सुन आज प्रतितोला १३ सय रूपैयाँले घटेर ९९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार १ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, महासंघका अनुसार आज तेजाबी सुनको मुल्य पनि १३ सय रूपैयाँले घटेको छ । आज तेजाबी सुन ९८ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य आज घटेको छ । आज चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।