चैत १५, २०७८ मंगलबार

काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस भएका तिलप्रसाद श्रेष्ठलाई सर्वसम्मत रूपमा अनुमोदन गरिएको छ।

संसदीय सुनुवाइ समितिले मंगलबार श्रेष्ठको सुनुवाइ गर्दै उनलाई सर्वसम्मत अनुमोदन गर्ने निर्णय गरेको हो।

सुनुवाइका क्रममा श्रेष्ठले सर्वोच्चमा ज्यादै समस्या आएको बताए।

न्यायालयमा हुने भ्रष्टाचार र अनियमितता रोक्न राष्ट्रिय न्यायिक अनुसन्धान र जाँच आयोग गठन गर्नुपर्ने उनले बताए।