चैत १५, २०७८ मंगलबार

काठमाडौँ । रुसले युक्रेनमाथि गरेको आक्रमण मानवतामाथि निर्मम प्रहार भएको भन्दै तत्काल युद्ध रोक्न मानव अधिकार तथा शान्ति समाजले आग्रह गर्दै काठमाडौँमा प्रदर्शन गरेको छ।

रुस युक्रेनमाथि आक्रमण बन्द गर, रुसी आक्रमणका कारण ३६ लाख बढी शरणार्थी- रुसले गरेको मानवताविरुद्धको अपराध, बालबालिका महिलासहित हजारौं निहत्था मानिसको हत्या- मानवता विरुद्धको अपराधलगायत प्लेकार्ड बोकेर उनीहरूले प्रदर्शन गरेका हुन्।