चैत १५, २०७८ मंगलबार

काठमाडौँ, १५ चैत । आज पनि नेप्से दोहोरो अङ्कले घटेको छ ।

केही सातायता निरन्तर घटिरहेको बजार आज १४.२६ अङ्कले घटेको हो । ०.५६ प्रतिशतले घटेको बजार आज २५२७.५८ को बिन्दुमा बन्द भएको छ ।

यस्तै, आज कारोबार रकममा समेत गिरावट आएको छ । आज दिनभर एक अर्ब ७५ करोड बराबरको कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।

आज तीनवटा कम्पनीको सेयर ९.९९ प्रतिशतले बढेको छ भने एक कम्पनीको सेयर ४.७३ अङ्कले घटेको छ ।