चैत १६, २०७८ बुधबार

सिरहा - मधेस मिडिया मिशन नेपालले नेतृत्व विकास तथा पत्रकारिता तालिमसँगै सामाजिक रूपान्तरणका मुद्दा उठान गरेर आमूल परिवर्तनको अभ्यास गर्नेक्रममा चैत १३ गते जनबोलीका लागि महिला पत्रकारिता तालिम सम्पन्न गरेको छ ।

चैत ११ गतेदेखि सञ्चालन भएको सो तालिम सम्पन्न भएको तालिमका प्रशिक्षक तथा मधेस मिडिया मिशन नेपालका अध्यक्ष दिनेश्वर गुप्ताले बताएका छन् । 

यसअघि मधेस मिडिया मिशन नेपाल र पत्रकार महासंघ सिरहाको संयुक्त आयोजना लहानमा ६५ जनालाई जनबोलीका लागि पत्रकारिता तालिम दिइएको थियो । मिशनले सीपमूलक, नेतृत्व विकाससँगै पत्रकारिता तालिम विगत ढेड दशकदेखि सञ्चालन गर्दै आएको छ ।

मधेशमा पत्रकारिता तालिमका लागि अग्रणी भूमिका निर्वाह गर्दै आएकाे मिशनले विगतमा अमेरिकी सहयोग यूएसएडको सहयोगमा महिला पत्रकारिता आवास तालिम, पत्रकार आचार संहिता, फिचर लेखनलगायत विभिन्न कार्यक्रम गरेका थिए । मिशनले पत्रकार हकहितका लागि देशभरी १४ शाखासमेत गठन गरी जिल्लाहरूमा कार्यक्रम गर्दै आएको छ ।

यससँगै मधेस मिडिया मिशन नेपालले नागरिक अधिकारका लागि नागरिक अधिकार मञ्चसमेत सञ्चालन गर्दै आएको छ ।