३ जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी)को दर्ज्यानी चिन्ह प्रदान गरिएको छ।
प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हतार-हतार बिहीबार अपराह्न प्रहरी प्रधान कार्यालयमा तीन जनालाई बढुवाको दर्ज्यानी चिन्ह दिएका हुन्।
बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले डिआइजीहरू धीरजप्रताप सिंह, वसन्तकुमार पन्त र रवीन्द्रबहादुर धानुकलाई एआइजी बढुवाको निर्णय गरेको थियो।