चैत १८, २०७८ शुक्रबार

लखनउ सुपर जाइन्टले इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा पहिलो जित निकालेको छ। साविक विजेता चेन्नई सुपर किङ्सलाई ६ विकेटले पराजित गर्दै लखनउले पहिलो जित निकालेको हो ।


बिहीबार राति भएको खेलमा चेन्नईले दिएको २११ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको लखनउले १९ ओभर ३ बलमा ४ विकेट गुमाएर २११ रन बनायो  । लखनउका लागि क्विन्टन डी ककले ६१ रनको अर्धशतकीय पारी  खेले ।


इभिन लेविसले अविजित ५५ रन जोड्दा कप्तान केएल राहुलले ४० रन जोडे । बलिङतर्फ  चेन्नईका ड्वाने प्रिटोरिउसले २ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २१० रन बनाएको थियो ।


चेन्नईका लागि रोबिन उथप्पाले ५० रनको अर्धशतकीय पारी  खेले । शिबम डुबेले ४९ रन जोडे । बलिङतर्फ लखनउका आभेस खान, एन्ड्रयु टे रबि बोस्नोईले २/२ विकेट लिए । जितपछि लखनउले २ खेलमा २ अंक जोडेको छ  । यता  चेन्नईले २ खेलमा अंक जोड्न सकेको छैन ।