चैत १८, २०७८ शुक्रबार

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको हत्याको षड्यन्त्र रचिएको सूचना एवं प्रशारणमन्त्री फवाद हुसैन चौधरीले दाबी गरेका छन् ।

उनले ट्वीटरमा सुरक्षा एजेन्सीले यस्तो जानकारी दिएको बताएका छन् ।


फवाद चौधरीले थपेका छन्, ‘त्यसपछि सरकारको निर्णयअनुसार प्रधानमन्त्री खानको सुरक्षामा कडाइ गरिएको छ ।’


سیکیورٹی ایجنسیوں نے رپورٹ کیا ہے کہ وزیر اعظم عمران خان پر قاتلانہ حملےکا منصوبہ سامنے آیا ہے، ان رپورٹس کے بعد حکومتی فیصلے کے مطابق وزیر اعظم کی سیکیورٹی میں اضافہ کر دیا گیا ہے۔


— Ch Fawad Hussain (@fawadchaudhry) April 1, 2022
प्रधानमन्त्री इमरान खानको सरकार अविश्वास प्रस्तावको सामना गरिरहेको छ । तीन अप्रिलमा यसबारे चर्चाका लागि मतदान हुँदै छ ।
 
एक दिनअघि राष्ट्रका नाममा आफ्नो सन्देशमा प्रधानमन्त्री इमरान खानले आफूले अन्तिम समयसम्म पनि लड्ने र राजीनामा नदिने बताएका थिए ।