चैत १८, २०७८ शुक्रबार

काठमाडौँ, १८ चैत्र । भारत भ्रमणका लागि प्रधानमन्त्री शेरबहादुर देउवालाई विमानस्थल पुर्‍याएर फर्किएको प्रहरीको गाडीले मोटरसाइकललाई ठक्कर दिएको छ । देउवाको सुरक्षामा खटिएको प्रहरीको भ्यानले बानेश्वरमा बाग्मती प्रदेश ०३२प ८५६१ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा चालक घाइते भएका छन् ।

प्रधानमन्त्रीलाई त्रिभुवन विमानस्थलमा बिदाइ गरेर फर्किएको प्रहरीको भ्यानले बीच सडकमा ढोका खोल्दा सडकमा गुडिरहेको मोटरसाइकललाई ठक्कर दिएको प्रत्यक्षदर्शी अरुण कार्कीले बताए ।

घाइते भएका चालकलाई प्रहरीले आफ्नो भ्यानमा राखेर लगेको कार्कीले बताए । मोटरसाइकललाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।