चैत १८, २०७८ शुक्रबार

भारतीय आयाल कर्पोरेसन (आइओसी) ले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ ।

नेपाल आयल निगमका अनुसार पछिल्लोपटक अप्रिल १ मा आइओसी पठाएको नयाँ मूल्यअनुसार डिजेलमा प्रतिलिटर ०.०२ रुपैयाँले, मट्टितेलमा २२ रुपैयाँ १९ पैसाले र हवाई इन्धनमा ४ रुपैयाँ २३ पैसाले बढेर आएको छ भने  पेट्रोलमा १ रुपैयाँ ४८ पैसाले घटेर आएको छ ।

यस्तै खाना पकाउने एलपी ग्यासमा अधिकतम २७३ रुपैयाँ ३८ पैसाले मूल्य बढेर आएको निगमले जनाएको छ ।