फागुन ६, २०७७ बिहिबार

एजेन्सी

चौथौं संस्करणको ईण्डियन प्रिमियर लिग(आईपिएल)को अक्सन आज नेपाली समयानुसार दिउसो ३:१५ मा भारतको चेन्नाई शहरको एक होटलमा हुदै छ। अक्सनमा 164 जना भारतिय खेलाडी सहित २९२ जना खेलाडी रहेका छन्।आज हामी सर्वाधिक महगोंमा बिक्न सक्ने ५ भारतिय खेलाडीको बारेमा जानकारी गराउदै छौ।

)साहरुक खान

अनक्याप्ड खेलाडीको रुपमा अक्सन टेबलमा प्रस्तुत हुने खानको जारी फर्मका कारण टिमहरुको नजर यिनमा गई करोडौ मुल्यमा यिनि बिक्ने छन्।

)केदार जादव

गत बर्ष चेन्नाईका लागि खेलेका जाधवबाट अपेक्षाकृत प्रदर्शन नआएपछि चेन्नाईले यस सिजनका लागि रिलिज गरेको थियो। भारतिय टिमबाट पनि खेलिसकेका तथा धेरै क्वालिटिका भारतिय खेलाडी पनि अक्सन टेबलमा नरहेका कारण जाधव यस अक्सन पश्चात ठुलो रकमका मालिक बन्न सक्छन्।

३)हरभजन सिंह

चेन्नाईमा आबद्ध भएतापनि व्यक्तिगत कारण बश गत सिजनको आईपिएलबाट बन्चित भएका सिंह यस सिजनका लागि चेन्नाईको टिमबाट रिलिज भएका सिंह एक अनुभवी तथा आईपिएल ईतिहासको एक सफल स्पिनर भएका कारण उनीमा ठुलो मुल्य लाग्न सक्ने अनुमान गर्न सकिन्छ।

२)उमेश यादव

भारतिय टेस्ट टिमका हिस्सा रहेका तिव्र गतिका बलर उमेश यादव रोयल च्यालेन्जर्स बैंग्लोरबाट रिलिज भएका खेलाडी हुन्।प्राय: टिमका लागि तिब्र गतिका बलरको आवश्यकता रहेको सन्दर्भमा यादवमा एक भन्दा बढि टोलीको चासो रहने हुदा यादवले ठुलो मुल्य पाउने निश्चित छ।

१)शिबम दुवे

भारतीय टिमबाट पनि खेलिसकेका दुवेमा तल्लो क्रममा आएर ठुलो हिट मार्न सक्ने क्षमता र मध्यम गतिमा बलिङ गर्ने क्षमता समेत रहेकोले उनमा धेरै टिमको बोली लाग्ने अनुमान धेरैले लगाएका छन्। यस सिजनका लागि बैंग्लोरबाट रिलिज गरिएका दुवेको रिलिजलाई लिएर सबै अचम्मित भएका थिए।