भारतको जयनगरदेखि नेपालको कुर्था जोड्ने रेलवे लाइनको प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट बटन थिचेर भर्चुअल उद्घाटन गरेका छन्।
दुवै प्रधानमन्त्रीले अन्तरदेशीय रेलवेका लागि हरियो झन्डा पनि फहराएका थिए। दुई प्रधानमन्त्रीले झन्डा फहराएपछि जयनगरबाट रेल चलेको थियो।