चैत २०, २०७८ आइतबार

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले लज्जास्पद हार ब्यहोरेको छ।  गएराति भएको खेलमा खेलमा चेल्सीलाई ब्रेन्टफोर्डले ४–१ गोल अन्तरले हराएको हो।

घरेलु मैदानमा सुरुवाती एक गोलको अग्रता जोगाउन नसक्दा चेल्सी पराजित भएको हो। यस जितसँगै ब्रेन्टफोर्ड ३३ अंक जोडेर १४ औं स्थानमा रहेको छ। चेल्सी ५९ अंक जोडेर तेस्रो स्थानमा छ। 

यस्तै गएराति नै भएका खेलमा म्यानचेस्टर सिटीले बर्नलीलाई २–० ले हरायो। सिटी ७२ अंकका साथ शीर्ष स्थानमा कायमै छ। यस्तै लिभरपुलले वार्टफोडलाई २–० ले नै पराजित गर्दा लिभरपुल ७२ अंकका साथ लिग तालिकाको दोस्रो स्थानमा छ। 

यसै गरी गएराति भएका अन्य खेलमा उल्भसले एस्टन भिल्लालाई २–१ ले हराउँदा म्यानचेस्टर युनाइटेड लेस्टर सिटीसँग र लिड्स र साउथह्याम्टनले १–१ को बराबरी खेले। 

यस्तै ब्राइटन र नर्विच सिटीबीचको खेल गोलरहित बराबरीमा सकियो।