एजेन्सी।
अमेरिकामा दुई नाइट क्लबमा गोली चल्दा एक जनाको मृत्यु भएको छ । अमेरिकाको टेक्सास राज्यको डोलास सहरका नाइट क्लबमा गोली प्रहार भएको हो ।
स्थानीय अधिकारीहरुलाई उद्धृत गर्दै अन्तराष्ट्रिय मिडियाहरूले दिएका खरब अनुसार शनिबार राति करिब १ः३० बजे ९ आइतबार दिउँसो नेपाली समय० तिर नाइट क्लबमा एक व्यक्तिले गोली प्रहार गरेका हुन् ।
ती व्यक्तिले क्लबमा उपस्थिति अर्का व्यक्तिसँग वादविवाद भएपछि गोली चलाएका थिए। गोली लागेर एक महिलाको मृत्यु भएको छ। ७ जना घाइते भएका छन् । प्रहरी घटनास्थलमा पुग्दा आक्रमणकारी भागिसकेका थिए । प्रहरीले घाइतेहरुलाई स्थानीय अस्पतालमा लगेको थियो । उपचारकै क्रममा महिलाको मृत्यु भएको जानकारी दिइएको छ।
त्यसैगरी टेक्सासकै होस्टन शहरको एक नाइट क्लबमा भएको गोली प्रहारमा ५ जना घाइते भएको चिनियाँ टेलिभिजन सिजिटिएनले जनाएको छ । टेक्सासका सुरक्षा अधिकारीका अनुसार यस क्लबमा संधिग्दले करिब राति २ः३० तिर पेस्तोलबाट गोली चलाएका थिए । घाइते ५ मध्ये एकको अवस्था गम्भीर रहेको छ ।